लायन्स पोखरा सुन्दर नगरीद्वारा रक्तदान: १७ पिन्ट रगत संकलन

लायन्स पोखरा सुन्दर नगरीद्वारा रक्तदान: १७ पिन्ट रगत संकलन

Lions Pokhara Blood Donations

पोखरा । लायन्स क्लब अन्तराष्ट्रियको लायन वर्ष २०२०/२१ अर्थात जुलाई १ बाट सुरु भए संगै क्लबहरुले आफ्ना गतिविधिलाई तिव्रता दिन सुरु गरेका छन ।

सोहि क्रममा लायन्स डिष्ट्रिक ३२५ बि १ नेपालको जोन ८२ अन्तर्गतको लायन्स क्लब अफ पोखरा सुन्दर नगरीले बुधबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १७ जना रक्तदाताहरुले रक्तदान गरेको क्लब जनाएको छ । १७ पिन्ट रगत अत्यावश्क बिरामीका लागि ठुलो राहात हुने क्लब छ ।

क्लबका अध्यक्ष पदम बहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिकका ब्लड डोनेसन डिपार्टमेन्टका चिफ बालकृष्ण शर्मा, डिपार्टमेन्ट चिफ महेश पौडेल, रिजन चियरपर्सन मोहन सुबेदी, जोन चियरपर्सन गोबिन्द देबकोटा लगायत क्लबका पुर्व अध्यक्षहरु, पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन क्लबका सचिव सुशिल लम्सालले गरेका थिए भने कार्यक्रम संयोजक राजु गुरुङले पहिलो रक्तदाताको रुपमा रक्तदान समेत गरेकाथिए ।

आज बुधबार नै क्लबले जोन चियरपर्सन गोबिन्द देवकोटाको उपस्थितिमा ह्यान्डवभर कार्यक्रम पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ