तनहुँ । तनहुँका ३ जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा तनहुँ, बागलुङ, स्याङ्जा र पर्वत छन् । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय २८ पुगेको छ । जसमध्ये ३४ जनाले कोरोना जितेर निको भएर घर फर्किसकेका छन् ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय २८ जना पुगेको छ भने ३४ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १६ जना, ऋषिङ गाउँपालिकामा ३५ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ८ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा. शर्माले जनाए ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १४ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । गण्डकी प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय १४ छ ।
यो पनि:
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो