ढुवानी व्यवसायलाई स्मार्ट बनाउँदै ई-ट्रान्सपोर्टेसन: सेवाको एक वर्ष पुरा

ढुवानी व्यवसायलाई स्मार्ट बनाउँदै ई-ट्रान्सपोर्टेसन: सेवाको एक वर्ष पुरा

received_375089470127586

काठमाडौ । नेपालको ढुवानी ब्यवसायलाई स्मार्ट बनाउन सुरु गरिएको ई-ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ। इ ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिस’ को सेवा दिँदै आएको छ ।

बेलायतमा आइटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक बर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायात ब्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले ई-ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका हुन् ।


पहिलो एक बर्षमा ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री ई-ट्रान्सपोर्टेसनमा आवद्ध भएका छन् ।

त्यस्तै मुख्य राजमार्गका १७३ ग्यारेज आवद्ध भएका छन जसले समस्यामा परेका सवारीलाई मर्मतको सुबिधा दिँदै आएका छन्।

मण्डल भन्छन्- ‘ई-ट्रान्सपोर्टेसन सर्भिस् डिजिटल प्लेटफर्म भएकाले ढुवानी यातायात धनीलाई छिटो र ब्यवस्थित कामका लागि सजिलो बनाउछ । भेइकल ब्रेकडाउन सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मतका लागि मेकानिक पठाएर सेवा प्रदान गर्छ।’

सवारी धनि/चालकले मोबाइलमा नेपाल इटीयस (NepalEts) टाइप गरि ई-ट्रान्सपोर्टेसनको एप डाउनलोड गरेर आफ्नो सवारी दर्ता गरि सेवा लिन सक्छन ।

सेवा लिन निश्चित बार्षिक शुल्क तिर्नु पर्ने हुन्छ ।

राजमार्गमा समस्यामा परेकालाई कम शुल्कमा सेवा दिन सफल भएको मण्डलको दावी छ। दर्ता भएका ग्राहकले मोबाइल एप सँगै ९८५७०७७७८८ मा सिधै फोन गरेर पनि मर्मतको सेवा लिन सक्छन् ।

बेलायतमा बसेर काम गरिरहँदा नेपालका लागि केही गरौ भन्ने लामो हुटहुटीले यो ब्यवसाय जन्मेको मण्डलको भनाइ छ ।

बेलायतमा सिकेको सीप नेपालमा सदुपयोग गर्न पाएकोमा मण्डलले खुशी व्यक्त गरे ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघ लगायत विभिन्न ब्यवसायी समिती/संघले समन्वय गरि ढुवानी यातायात ब्यवसायलाई स्मार्ट बनाउने अभियानमा सहयोग गरेको मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ