गोरखामा टिपरको ठक्‍करबाट घाइते भएका सैनिक जवानको मृत्यु, एकको आईसियुमा राखेर उपचार हुँदै

गोरखामा टिपरको ठक्‍करबाट घाइते भएका सैनिक जवानको मृत्यु, एकको आईसियुमा राखेर उपचार हुँदै

Gorkha Nepal Army Accident1

गोरखा । टिपरको ठक्‍करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ । गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिपरको ठक्करबाट घाईते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

उनीसँगै घाईते भएका अन्य तीन जनामध्य टाउकोमा गम्भीर चोट लागेका सैनिक जवान ललितपुर बज्रबाराहीका रञ्जित रानाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा आईसियुमा उपचार भैरहेको छ ।

बाँकी दुई घाईते जिल्ला अस्पताल गोरखामा उपचार गरि गणमा फर्किएका छन् । उनीहरु रणसिंह दल गण गोरखामा कार्यरत थिए ।

हिजो साँझ गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो ।

चालक र टिपर जिल्ला प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा छ ।

गोरखामा नेपाली सेनाको गाडीलाई टिपरले ठक्कर दिँदा ५ जना सैनिक घाइते

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ