एकै दिन थप ७४० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

एकै दिन थप ७४० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

Corona update 4

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ । यस्तै हालसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ