क्वारेन्टाइनमा मृत्यु भएका बागलुङका युवकमा कोरोना संक्रमण पुष्टि, शव व्यवस्थापनको तयारी हुँदै

क्वारेन्टाइनमा मृत्यु भएका बागलुङका युवकमा कोरोना संक्रमण पुष्टि, शव व्यवस्थापनको तयारी हुँदै

Corona Test PCR

पोखरा । क्वारेन्टानमा मृत्यु भएका बागलुङका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको रिपोर्टमा कोरोना पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो ।

उनको पीसीआर रिपोर्ट आइतबार दिउँसो आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए ।

क्वारेन्टाइनमा बसेका मृतकका ५ आफन्तको स्वाब लिइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सैंजूले जानकारी दिए । मृतकका छोरा(बालक)को भने रिपोर्ट अझैं आइनसकेको उनले बताए ।

अहिले उनको शव व्यवस्थापनको तयारी थालिएको छ । यसअघि गण्डकी प्रदेशमा स्याङ्जाका दुई र गोरखाका एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ