काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्न जनताले दिएको म्याण्डेटबाट पार्टी दायाँबायाँ नहुने प्रष्ट पारेको छ ।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक कलह चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव राखेको चर्चा बाहिर आएको थियो । तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसलाई अस्वीकार गरे । उनले भनेका छन्, ‘उहाँहरू आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा पुग्नुभएको छ जस्तो छ हामीलाई लाग्दैन ।’
त्यस्तो प्रस्ताव आएको क्षणमा नै टिप्पणी गर्ने शर्माले बताए । तर जनताले २०७४ को आम चुनावमा दिएको म्याण्डेटअनुसार ५ वर्ष कांग्रेस प्रतिपक्षमा बस्ने उनले प्रष्ट पारे । शर्माले भने, ‘यो वा त्यो अवस्था उत्पन्न भएको अवस्थामा पनि यो कार्यकाल भर सिंहदरबारमा हामी माग राख्न खुट्टा टेकौंला, मन्त्रालय चलाउने गरी टेक्दैनौं ।’
उनले कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे ।
साथै, प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अरू नेताहरूले पनि कांग्रेस नेताहरूलाई भेटेको भन्दै प्रवक्ता शर्माले नेकपाको आन्तरिक द्वन्दमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो भन्ने भ्रम नछर्न आग्रह गरे ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला