मास्क बाड्दै तनहुँका सिडियो र प्रहरी प्रमुख सडकमा, मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्ने निर्देशन

मास्क बाड्दै तनहुँका सिडियो र प्रहरी प्रमुख सडकमा, मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्ने निर्देशन

Mask CDO Police2

तनहुँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सचेतना जगाउन तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मंगलबार दमाैली बजारमा मास्क बाडेका छन ।

काेरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाइ अनुरोध गर्दै प्रहरी सहितकाे टाेलीले मंगलबार बिहान दमाैली बजारमा मास्क वितरण गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय तनहुँकाे तर्फबाट १ सय र जिल्ला प्रहरी कार्यालय तनहुँकाे तर्फबाट १ सय गरी २ सय मास्क बजारमा वितरण गरिएकाे प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

दमाैलीकाे मेनचाेक, सफासडक, मालपोत लाइन लगायतका स्थानमा उक्त टाेलीले मास्क नलगाएका सर्वसाधारण एवं व्यापारीलाइ मास्क वितरण गरिएकाे थियो ।

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका जनाएको छ ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

तस्बिर : विकास खनाल

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds