पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् । उनीहरुमध्ये अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका २ जना, साउदी अरबबाट आएका ४ जना, युनाइटेड अरब इमिरेट्सबाट आएका एक जना र भारतबाट २ जना रहेको पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।
त्यस्तै, कास्कीकै मादी गाउँपालिकामा पनि ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । बुधबार बिहानमात्रै गण्डकी प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु बागलुङ, तनहुँ र म्याग्दीका थिए १/१ जना थिए ।
गण्डकी प्रदेशभरिका कुल संक्रमितमध्ये ३ सय ५३ जना निको भई घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
उपचारका क्रममा स्याङ्जाका २ जनाको पोखरामा, गोरखाका एक जनाको मृत्यु भएको थियो । बागलुङका एकजना पुरुषको क्वारेन्टिनमा मृत्यु पश्चात कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु