ग्यापु मार्केटप्लेसद्वारा भर्चुअल बार सुरु, एक घण्टामा घरमै डेलिभरी

ग्यापु मार्केटप्लेसद्वारा भर्चुअल बार सुरु, एक घण्टामा घरमै डेलिभरी

received_279103276502024

काठमाडौ । लकडाउन सँगै संचालनमा आएको नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (gyapu.com)ले जी-बार सन्चालनमा ल्याएको छ ।

जी-बार अन्तर्गत अल्कोहल र तयारी खाजा चौबीस घण्टा डेलिभरी गरिने बताइएको छ ।

लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार संचालनमा ल्याइएको ग्यापु मार्केटप्लेसका संस्थापक ज्ञानेन्द्र खड्काको भनाइ छ ।

जी-बारको सेवा हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा रहने खड्काले जानकारी दिए ।

ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी गरिने खड्काले बताए ।

जी-बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफुलाई आवश्यक सामग्री ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्छ्न ।

सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिन्छ ।

जी-बार अन्तर्गतका सामग्री एक घन्टा भित्र घरैमा डेलिभरी हुने खड्काले बताए ।

असार २५ गते सुरु भएको जी-बारमा ओपनिङ अफर अन्तर्गत २५ र २६ गते एक हजार दुई सय भन्दा बढी खरिद गर्ने सबै ग्राहकलाई दुई सय रुपैया बराबरको सपिङ भौचर प्रदान गरिने खड्काले बताए ।

विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्का सँगै तयारी खाजामा म:म, सुकुटी फ्राइ, बफ/चिकेन चिल्ली, फ्राइड राइस, बदाम साँधेको उपलब्ध हुनेछ ।

त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी गराइने खड्काले जानकारी दिए ।

ग्यापु मार्केटप्लेस सुरु भएको ९० दिन भित्र नै पन्ध्र हजार भन्दा बढी सामानहरु घर घरमा डेलिभरी गर्न सफल भैसकेको खड्काको दाबी छ ।

हाल सात हजार भन्दा धेरै सामान सजिलै अनलाईन मार्फत खरिद गर्न सकिन्छ भने हरेक दिन पाँच सय भन्दा बढी नयाँ नयाँ सामानहरु थप भैरहेको छ खड्काले बताए ।

छोटो समयमै तीन दर्जन बढीलाई रोजगार दिन सफल कम्पनीले सिधै विभिन्न कम्पनी र ठुला सप्लायर्स संग सहकार्य गरेको छ ।

सामान बिक्री भएको ३ देखी ५ दिन भित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले निशुल्क सामान डेलिभरी गर्ने र आकर्शक अफरहरु ल्याएको बताए ।

ग्राहकले सामान खरिद गर्दा फोनपे , कनेक्ट आइपिएस, इ-सेवा, खल्ती, प्रभुपे, आइएमइ पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ।

साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ