जेसिआई व्यासनगरद्वारा दमौलीमा रक्तदान: २२ पिन्ट रगत संकलन

जेसिआई व्यासनगरद्वारा दमौलीमा रक्तदान: २२ पिन्ट रगत संकलन

JCI VyasNagar BD1

तनहुँ । रक्तसन्चार केन्द्र दमौलीमा रगतको अभाव भएपछी जेसिआई व्यासनगरले विहिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारण अति नै सम्बेदनशिल भई सामाजिक दुरी कायम राखी गरिएको रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल रेडक्रस रक्त सञ्चार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष प्रेम कुमार श्रेष्ठ रहेका थिए । विपतको समयमा रगत अत्यावश्यक हुने भएकाले अभाव हुन दिन नहुने वडाअध्यक्ष श्रेष्ठले बताए ।

गत वैशाख ६ गते पनि क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै कोरोनाका कारण समस्यामा परेका विपन्न परिवारहरु लाई खाद्यान्न समेत क्लबले सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ