म्याग्दी पहिरो अपडेट: बेपत्ता १९ जनाको शव भेटियो, १४ जना अझै बेपत्ता, खोजी कार्य जारी

म्याग्दी पहिरो अपडेट: बेपत्ता १९ जनाको शव भेटियो, १४ जना अझै बेपत्ता, खोजी कार्य जारी

marang

म्याग्दी जिल्लाको विभिन्न स्थानमा बाढी पहिरोमा पुरिएर बेपत्ता ३३ जनामध्ये १९ जनाको शव फेला परेको छ । १४ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकामध्ये तीन जनाको शव शुक्रबार नै फेला परेको थियो।

जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङमा २१ जना वेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । यस्तै, मालिका गाउँपालिका बिममा ९ जना हराइरहेकोमा ७ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।

त्यस्तै मालिका गाउँपालिकाकै वडा नं. ६ दुखु खोलामा बाढीले बगाएर बेपत्ता महिला अझै फेला परेकी छैनन् । बाढीले बगाएर बेपत्ता रघुगंगा ६ ठाडाखानीका ललिमान छन्त्यालको शव शुक्रबार नै फेला परेको थियो ।

यसैबीच, मराङमा पहिरो र बाढीमा परेर घाईते भएका मध्ये केहीलाई पोखरा ल्याइएको छ । पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।

उद्धारको लागि प्रभु एयर र नेपाली सेनाको हेलिकप्टर मराङमा पुगेको हो । शुक्रबार खराब मौसमका कारण उद्दार टोली र नेपाली सेनाको हेलिकप्टर मराङमा पुग्न सकेको थिएन ।

शनिबार बिहान दुई हेलिकप्टर राहतसंगै घाइतेको उद्धारका लागि मराङ पुगेको स्थानीयले जनाएका छन् । घाईते भएका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी बेनी अस्पताल लगिएको बताइएको छ । मराङकी घाईते गर्भवति महिला र बालकलाई थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा ल्याइएको छ ।

मराङकी २२ वर्षिया गर्भवति मञ्जीला श्रीपाली र ७ बर्षिय सफल श्रीपालीलाई बेनी अस्पतालबाट रेफर गरी थप उपचारका लागि प्रभु एयर हेलिकप्टरमार्फत पोखरा मनिपाल अस्पताल ल्याइएको हो । घाइतेमध्ये ११ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ।

तस्विरः म्याग्दी अनलाइन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ