पोखरा । गण्डकी प्रदेशमा थप १५ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ जिल्लामा कोरोनाका १५ संक्रमित थपिएका हुन् ।
आइतबार थपिएका संक्रमितमध्ये तनहुँमा ६, पर्वत र बालुङमा २, २ जना, नवलपुर, स्याङ्जा र गोरखामा १, १ जना । यसैगरि लमजुङमा २ जना संक्रमित थपिएका छन् ।
तनहुँमा थपिएका संक्रमितमध्ये व्यास नगरपालिकामा १, ऋषिङ गाउँपालिकामा ३, शुक्लागण्डकी नगरपालिकामा १ र भानु नगरपालिकामा १ रहेका छन ।
यसैगरि, पर्वतको महिला र फलेबासमा गरि २ संक्रमित थपिएका छन् । बागलुङको जैमनी र ढोरपाटनमा दुई संक्रमित थपिएका छन् । नवलपुर मध्यबिन्दुमा १ महिला संक्रमित थपिएकी छिन् । स्याङ्जाको भिरकोटमा १ र गोरखाको सिरानचोकमा एक जना संक्रमित थपिएका छन् ।
लमजुङको मध्यनेपाल र बेशिसहरमा एक एक जना संक्रमित थपिएका छन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो सँगै प्रदेशको कुल संक्रमिको संख्या ११९२ पुगेको छ । त्यस्तै, गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको संख्या ७३६ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १५ जना संक्रमित थपिएका हुन् ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?