सलह किरा पुनः दाङ हुँदै नेपाल प्रवेश

सलह किरा पुनः दाङ हुँदै नेपाल प्रवेश

salaha-kira

काठमाडौं – दुई हप्ताअघि नेपाल प्रवेश गरेर तितरबितर भएको सलह किरा आइतबार पुनः दाङ जिल्ला हुँदै नेपाल प्रवेश गरेको छ। प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे भारतको उत्तरप्रदेशको सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा हुँदै नेपाल प्रवेश गरेको हो।

त्यस्तै दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा पनि सलहका झुण्ड देखिएको र उक्त स्थानमा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि उत्तर पूर्व तर्फ लागेको सूचना प्राप्त भएको केन्द्रले जनाएको छ।

उक्त सलहले प्यूठान अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ सजक भएर बस्न केन्द्रले आग्रह गरेको छ।

यसका अतिरिक्त थप झुण्डसमेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ