भारतीय न्यूज च्यानल ४ वटा बाहेक अरु खुले

भारतीय न्यूज च्यानल ४ वटा बाहेक अरु खुले

indian-media-channels

नेपाल विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् । भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो ।

मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आजदेखि खुला गर्ने निर्णय भएको हो ।

नेपाल र चीनको विषयलाई जोडेर पछिल्लो समय भारतीय न्यूज च्यानलहरुले आफवाह फैलाउँदै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर अनलर्गल प्रचार गरेपछि नेपालीहरु चिढिएका थिए ।

सोही कारण मल्टि सिस्टम अपरेटरहरुले गत बिहीबारदेखि दूरदर्शन बाहेक सबै भारतीय न्यूज च्यानलहरु बन्द गर्ने निर्णय गरेका थिए । सो निर्णयलाई उपत्यका र पहाडी क्षेत्रका नागरिकहरुले समर्थन गरे पनि तराई क्षेत्रका हिन्दी र मैथिलीभाषीले यसको विरोध गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ