बाढी,पहिरो र डुबानको जोखिम आज पनि उत्तिकै, सतर्क रहन महाशाखाको अपिल

बाढी,पहिरो र डुबानको जोखिम आज पनि उत्तिकै, सतर्क रहन महाशाखाको अपिल

badhi-seti-river-

related pic

काठमाडौं । नेपालमा सक्रिय मनसुनी वर्षा अझै केहि दिन जारी रहने मौसमविदले बताएका छन् । आज (सोमबार) पनि देशका अधिकांश स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले आज (सोमबार) देशभर बदली भई धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ । प्रदेश १ र २ का थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा र ?

–कोशी र नारायणी नदीमा बहाव सतर्कता तह आसपास हुने । केही सहायक नदीमा खतरासम्म पुग्न सक्ने । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने । तर, सतर्कता तह नकट्ने ।

– बबई, पश्चिम राप्तीलगायतमा बहाव बढ्दो हुने । तर, सतर्कता तलै हुने । कन्काई, कमला, बागमती नदीमा बहाव सतर्कता आसपास हुने । केही सहायक नदीमा खतरा आसपास हुने ।

– प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे र तराईबाट बहने स—साना नदीहरूमा बहाव बढेर सतर्कता आसपास हुने । केहीमा खतरासम्म पुग्न सक्ने ।
असार ३०

– कोशी, नारायणी र तिनका सहायक नदीमा बहाव सतर्कता आसपास रहने । कर्णाली, महाकाली र तिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने । तर, सतर्कता तहभन्दा तलै हुने ।

– कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीमा बहाव केही घटबढ हुने । तर सबैमा सतर्कता आसपास हुने । कन्काई, कमला, बागमती र तिनका केही स–साना सहायक नदीमा खतरा तह आसपाससम्म पुग्न सक्ने ।

– प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का मध्यपहाडी, तराई र चुरेका भू–भाग भई बहने स–साना नदीमा बहाव बढ्ने र केही स–साना नदीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ