नक्कली आइडी बनाएर दिपाश्रीलाई गालीको वर्षा गरेको दीपकराज गिरीको आरोप (भिडियो सहित)

नक्कली आइडी बनाएर दिपाश्रीलाई गालीको वर्षा गरेको दीपकराज गिरीको आरोप (भिडियो सहित)

depa depak

काठमाडौं – महानायकका विषयमा दीपाश्री निरौलाले गरेको टिप्पणीपछि उनीमाथि नक्कली आइडी बनाएर अपशब्द प्रयोग गरिएको कलाकार दीपकराज गिरीले आरोप लगाएका छन् ।

आइतबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभमार्फत गिरीले राजेश हमालका विषयमा भएको टिप्पणीपछि दिपाश्रीले माफी माग्दा पनि अपशब्द प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

दर्शकले गाली गर्न नछोडेका कारण धेरै नराम्रो अवस्था सृजना भएको गिरीले बताएका छन् । महिला दिदी बहिनीले सानो गल्ती गर्दा फेसबुकमा ७५ प्रतिशत फेक आइडी बनाएर गालीको वर्षा गरेको गिरीको आरोप छ ।

राजेश हमाललाई दिपाश्री निरौलाले महानायक हो र भनेर प्रश्न गरेपछि उब्जिएको विवादमा मुछिएका दिपकराज गिरीले फेसबुक लाइभमा आएर आफ्नो धारणा राखेका हुन् ।

भिडियो

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds