तनहुँ । गण्डकी प्रदेशका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिनेमा तनहुँका २ जना, पर्वतका १ जना, बागलुङका २ जना, म्याग्दीका १ जना र स्याङ्गजाका १ जनाको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँको घिरिङ गाउँपालिकाका ४६ र २१ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय ६१ जना पुगेको भने निको हुनेको संख्या १०० जना पुगेको छ ।
त्यस्तै पर्वतको मोदी गाउँपालिकाकी ३० वर्षिया महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाका २३ वर्षीय पुरुष र गल्कोट नगरपालिकाकी २२ वर्षिया महिलामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी म्याग्दीको मालिका गाउँपालिकाका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३० वर्षीय पुरुषमा समेत सोमबार कोरोना संक्रमण भएको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ११९९ जना पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु क्वारेन्टाइनमा रहेको र उनिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते