नवलपुरको दाउन्नेमा पहिरो: कार र ट्रकलाई रुखले किच्यो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपुरको दाउन्नेमा पहिरो: कार र ट्रकलाई रुखले किच्यो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

nawal pahiro

कमला राना, नवलपुर । अविरल वर्षाका कारण गएको पहिरोले पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।

आज मंगलबार बिहान पूर्व नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ स्थित दाउन्नेमा विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो गएको नवलपुर प्रहरीले जनाएको छ ।

पहिरोसंगै ढलेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक समेत च्यापिएको प्रहरीले जनाएको छ । तर, कुनै मानविय क्षति भने भएको छैन । पहिरो पन्छाउने कार्य जारी रहेको नवलपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । क्रेनको सहायताले च्यापिएको कार निकालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ