पोखरा । पोखरा जेसीजले भानुजयन्तीको अवसरमा पोखरा महानगर पालिका वडा नं ३३ चिसापानी कुना स्थित सामुदायिक पार्क तथा सामुदायिक भवनको परिसरमा वृक्षारोपण गरेको छ ।
जेसीजले पार्क र भवन परिसरमा २०० विभिन्न जातका विरूवा र १०० वटा फलफुलका विरूवा रोपेको छ ।
सो कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३३ वडा अध्यक्ष शिव प्रसाद आचार्यलाई फलफुलको विरूवा हस्तान्तरण गर्दै वृक्षारोपण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
सो अवसरमा वडाअध्यक्ष आचार्यले महत्वपूर्ण कार्य हिजोका दिनहरूमा स्वास्थ्य संस्था निर्माण, स्वास्थ्य सचेतना तथा परिक्षण देखि भानुजयन्तीको पवित्र दिनमा पोखरा महानगर पालिका वडा नं ३३ लाई रोजेकोमा संस्था प्रति आभार व्यक्त गरेका थिए ।
संस्थाको चारवटा विकासक्षेत्र मध्यको सामुदायिक विकास क्षेत्र लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
विरुवाको संरक्षण र सम्वर्धनको जिम्मा वडा नं ३३ , स्थानीय वासी, टोलविकास संस्थाहरू, आमा समुह, युवाक्लब र समुदायमा रहेका नागरिकको रहेको हुँदा संरक्षण गर्न अनुरोध गरेका थिए ।
सो कार्यक्रममा पोखरा जेसीज तथा नेपाल जेसीज पूर्वअध्यक्ष सिनेटर विकल शेरचनले वातावरण संरक्षणमा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए ।
त्यस्तै जेसीज पोखरा जेसीज वर्ष २०२० का अध्यक्ष शिव सापकोटाको अध्यक्षतामा भएको थियो ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष शाही, पूर्वअध्यक्षहरू सिनेटर नारायण शर्मा, शिव कोईराला बोर्डका पदाधिकार तथा साधारण सदस्य र स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक अर्जन प्रसाद अधिकारीले आस्थापाठ, तिलक लामिछानेले स्वागत, कार्यक्रम संयोजक विजय वराल धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन पोखरा जेसीजका महासचिव अनन्त प्रधानाड़्गले गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो