प्रहरी पोशाक लगाएर टिकटक बनाउने दुई प्रहरी कारबाहीमा

प्रहरी पोशाक लगाएर टिकटक बनाउने दुई प्रहरी कारबाहीमा

policae

मोरङमा पोशाकमा टिकटक बनाउने प्रहरीमाथि कारबाही शुरु गरिएको छ । प्रहरीको पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकका इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईलाई कारबाही गर्न लागिएको हो । उनीहरुले टेबुलमा बसेर प्रहरी पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

टिकटक बनाउदा उनीहरुले प्रहरीका दुईवटा सञ्चार सेट पनि राखेको बताइएको छ । सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले उनीहरुमाथि छानविन शुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ