असार २६ गतेको अविरल वर्षका कारण तिन ठाँउमा भत्कीएको विजयपुर नहर समयमा नै मर्मत हुन नसक्दा किसानले समयमा नै रोपाई गर्न पाएका छैनन् ।
असारको अन्तिमसम्ममा रोपाई गरिसक्ने किसानले साउन लाग्दाँसम्म पनि रोपाई गर्न नपाउदा चैते धान र मकै खेती भएको खेत बाझौ हुने हो की भन्ने चिन्ताले यस क्षेत्रका किसानहरु चिन्तीत भएका हुन् ।
पोखरा महानगरपालिका वडा नं २६,२७,२९ र ३० को करिव १२८०हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर नहरको मर्मतमा गण्डकी प्रदेश सरकार अन्तरगतको जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले चासो नदिदा मर्मत कार्यमा ढिलाई भएको आम किसानहरुको गुुनासो रहेको छ ।
अविरल बर्षाका कारण विजयपुर नहर खण्डको रातो पहिरोमा करिव एक सय मिटर लम्वाईको नहर भसिएको छ भने धर्तीफाँटामा करिव ४० मिटर नहर चिरिएको र कुहिरे भिरखण्डको १० मिटर नहर भत्कीएको विजयपुर नहर उपभोक्ता समितिका अध्यक्ष प्रयागराज भण्डारीले जानकारी दिएका छन् ।
भत्कीएको नहरको प्रदेश सासंद दिपक कोईराला लगाएतले स्थलगत अवलोकन गरेपनि जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलको तर्फबाट समयमा नै लागत स्टमेट ननिकालेका कारण नहर मर्ममा ढिलाई भएको हो ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु