राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने: नेपालका ७७ वटै जिल्लाका युवाको सहभागीता रहने

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने: नेपालका ७७ वटै जिल्लाका युवाको सहभागीता रहने

NYC-2020-New-Logo

पोखरा । नेपाल युवा परिषदको आयोजनमा यस वर्षको अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने भएको छ ।

विगतका वर्षहरुमा झैँ यो वर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराइने भएको छ ।

निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई आयोजना गर्न सम्मेलन लागेको नेपाल युवा परिषदजनाएको छ ।

राष्ट्रिय युवा सम्मेलन आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म भर्चुअल रुपमा चल्नेछ ।

कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।

४ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।

सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने बिश्वास आयोजकले लिएको छ ।

“युवा परिवर्तनको संवाहक हुन्” भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले अघिल्लो वर्षसम्म हरेक वर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ ।

पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि सन् २०१७ मा ७४ जिल्ला, २०१८ मा ७७ वटै जिल्लाका २०४ र २०१९ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए ।

साथै २०१८ मा ७ ओटै प्रदेशमा युएनडिपी नेपालको सहकार्यमा एसडिजी फेस्टिबल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ती गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न पनि नेपाल युवा परिषद धेरै नै सक्रिय रहेको छ ।

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १÷१ ओटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु. ७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भईसकेको छ ।

२०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैकंको मुख्य प्रायोजन र कोकाकोला नेपालको विशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६७४२ जना युवाहरुको प्रत्यक्ष सहभागीतामा र ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको बृहत सरसफाई कार्यक्रम २०७६ सम्पन्न गएको थियो ।

साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी वर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ ।

सन् २०२० मा ७ वटै प्रदेशमा दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” पनि भचुअल रुपमा नै आयोजना गर्न लागिएको हो जहाँ असल शासन (गुड गर्भनेन्स) विषयमा विशेष कार्यक्षेत्र बनाई आगामी अगष्ट सम्म सक्ने गरी तयारी भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds