स्थानीय न्युरोडस्थित गुरुङ ब्युटी एकेडेमीले साउने सङ्क्रान्तिका अवसरमा मेहन्दी प्रतियोगिता गरी चार उत्कृष्टलाई पुरस्कृत गरेको छ । मेहन्दीकला सिकिरहेका सात प्रशिक्षार्थीबीच प्रतिस्पर्धा गराइएको थियो ।
एकेडेमी सञ्चालक एवम् वरिष्ठ ब्युटिसियन चिनु गुरुङले हरेक वर्ष साउने सङ्क्रान्तिमा मेहन्दीकला प्रतियोगिता हुँदै आएकामा अहिले कोभिड–१९ का कारण सीमित सहभागीबीच सामाजिक दूरी कायम गरेर प्रतियोगिता गराइएको जानकारी दिईन।प्रतियोगितामा सुमना श्रेष्ठ प्रथम, सनम गुरुङ द्वितीय, साजिमा गुरुङ तृतीय र सीमा परियारले सान्त्वना पुरस्कार पाउन सफल भएका छन् ।
विजेताले हेयर ड्रायर, हेयर आइरन, मेकअप ब्रस र हेयर रोलर प्राप्त गरेका छन् विसं २०५२ देखि सञ्चालनमा आएको एकेडेमीका पोखरामा चार र दुलेगौँडामा एक गरी पाँच शाखा छन् । एकेडेमीले पार्लरसम्बन्धी बेसिक, डिप्लोमा र एडभान्स कोर्षमार्फत तालीम दिँदै आएको छ ।
सञ्चालक गुरुङका अनुसार हालसम्म करीब एक हजारले ब्युटी पार्लरसम्बन्धी तालीम लिइसकेको तथा सिकेकामध्ये करीब ६ सय जनाले स्वरोजगार भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, हिंसापीडित र अपाङ्गता भएका महिलालाई एकेडेमीले आत्मनिर्भर बनाउनका लागि निःशुल्क तालीम प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा