तनहुँ । गत आईतबार राती परेको भिषण वर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलै मानविय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन् ।
यहाँका १२ वटै वडामा क्षति पुगेको छ । घर, सामुदायिक भवन, सडक,पुल, कुलो, मठमन्दिर लगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ ।
बाढी पहिरोबाट पुगेको क्षतिको निरक्षण गर्नलाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी घरघरमा पुग्न थालेका छन् ।
शुक्रबारदेखी नगरपालिकाको चार टोली क्षतिग्रस्त संरचनाको निरक्षणमा प्रत्येक वडाको घरघरै पुग्न थालेको नगरप्रवक्ता खिमबहादुर कुमालले बताए ।
पहिलो दिन नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नम्बर २, उपप्रमुख सविता रसाईलीको टोलीले वडा नम्बर ८ र ९, नगरप्रवक्ता खिमबहादुर कुमालको टोलीले वडा नम्बर ५ र प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको टोलीले वडा नम्बर ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरिक्षण गरेका छन् ।

उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिक समेत रहेका छन् ।प्राविधकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए । उनले भने, ‘क्षतिग्रस्त संरचनाको तथ्याङक लिने र पिडामा रहेका नागरिकलाई सान्तवना दिने गरेका छौँ ।’
तथ्याङक संकलनपश्चात घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गर्ने नगरप्रवक्ता कुमालले बताए । ‘घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौँ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानतरण गर्ने र पहिरोले अबरुद्ध मुख्य सडकहरु खुलाउने लगायतका काम हुनेछ’, उनले भने ।
आइतबाररातिको भिषण वर्षाको कारण जिल्लाका ११ जनाले पहिरोमा पुरिएर ज्यान गुमाए भने १ जना अझै बेपत्ता रहेका छन् ।
२ जना घाइतेको पोखरामा सरकारी खर्चमा निशुल्क उपचार भईरहेको छ । त्यस्तै मृतकका आफन्तलाई संघ, प्रदेश र स्थानिय सरकारले राहत प्रदान गरेको छ ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने