पोखरा – हिन्दु र क्रिस्चियन धर्मावलम्बी बीच शब अन्त्यष्टि गर्ने जग्गाको बिषयलाई लिएर पोखरामा शनिबार झडप भएको छ । पोखरा महानगरपालिका वडा नं -१५ पटनेरी स्थित सेती घाटमा हिन्दु धर्मावलम्बीका मानिसले घाट र घाट माथीको चौर संरक्षण गर्न भन्दै तारबार लगाउने तयारी गरेपछी झडपको स्थित सृजना भएको हो । जुन स्थानमा आ–आफ्नो परम्पराअनुसार हिन्दुले शव जलाउँछन् भने नजिकै क्रिश्चियनले शव गाड्दै आइरहेका छन् ।
केही समय देखी उक्त स्थानमा जग्गाको बिषयलाई लिएर दुई धर्मालम्बी बीच मतभेद देखिएको छ । क्रिस्चियन धर्मावलम्बीहरुले विगत २८ बर्षदेखी आफुहरुले सोही घाट प्रयोग गर्दै आइरहेको दाबी गरेका छन् भने, हिन्दुहरूले पुर्खौंदेखि प्रयोग गरेको घाटमा चार वर्षयता क्रिश्चिनहरूले शव गाड्न थालेको दाबी गरेका छन् । अहिले हिन्दु पक्षहरुले उक्त घाट संरक्षण गर्न भन्दै ‘सिद्धेश्वर भवन मण्डल तथा संरक्षण समिति’ बनाएका छन् ।
विवादास्पद घाटमा भेटिएका क्रिश्चियन धर्मका अनुयायी बिनोद पुनका अनुसार भवन मण्डल तथा संरक्षण समितिका मानिसले वृक्षारोपण गर्ने कुरा गरेपछी ठिकै छ भनेर आफुहरुले कुनो तिरको ठाउँ दिनुहोस भन्दा हुन्छ भनेको तर, अहिले आएर सेती किनारको घाट देखाएपछी विवाद सृजना भएको बताए । ” हामीलाई ठाउँ खै भन्दा समितिका मानिसले अहिले आएर सेतीको किनार देखाए, त्यहाँ न जाने बाटो छ, न त घाटमा शव गाड्नु उपयुक्त नै हुन्छ, पुनले गुनासो गरे ।”
पृथ्वी चोकस्थित चर्चका संस्थापक मुक्तिनाथ गुरूङले वडा कर्यालयमा कुरा गर्दा त्यहाँ शव गाड्न पाउने बताएको तर भजन मण्डलले दिन्न भनेर विवाद झिकेको आरोप लगाए ।
यता पोखरा -१५ का वडा अध्यक्ष प्रकाश पौडेलले भने सहमितको लागि कोहीपनि आफुहरु कहाँ नआएको दाबी गरे, गण्डक न्यूज संग कुरा गर्दै ‘घाटको बिषयलाई लिएर मैले कसैसंग सहमती गरेको छैन, बरु पार्क बनाउने बिषयमा तत्काल काम अघी नबढाउन उहाँहरुलाई आग्रह गरेको हुँ पौडेलले भने ।”
फोटो : मेरो साथी टिभी
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?