पोखरा । गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १२ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार २९० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा पर्वतका २ जना, बाग्लुङका २ जना, स्याङजाका २ जना र म्याग्दीका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पर्वतको जलजला र महाशिलाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बागलुङको बडिगार्ड र काठेखोलाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
स्याङ्जाको पुतलीबजार र कालीगण्डकीका १/१ जना कोरोना संक्रमित थपिएका हुन ।
यस्तै म्याग्दीको बेनी र अन्नपूर्णका १/१ जना हुन भने मालिका र मंगलाका २/२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्वत, बाग्लुङ र स्याङजाका संक्रमितहरुलाई आईसोलेसनमा राखिसकिएको र म्याग्दी जिल्लाका संक्रमितलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकीका कुल संक्रमित मध्ये ९३८ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ