म्याग्दीका ६ सहित गण्डकी प्रदेशका थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९०

म्याग्दीका ६ सहित गण्डकी प्रदेशका थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९०

Corona update 4

पोखरा । गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १२ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार २९० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा पर्वतका २ जना, बाग्लुङका २ जना, स्याङजाका २ जना र म्याग्दीका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पर्वतको जलजला र महाशिलाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बागलुङको बडिगार्ड र काठेखोलाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङ्जाको पुतलीबजार र कालीगण्डकीका १/१ जना कोरोना संक्रमित थपिएका हुन ।

यस्तै म्याग्दीको बेनी र अन्नपूर्णका १/१ जना हुन भने मालिका र मंगलाका २/२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्वत, बाग्लुङ र स्याङजाका संक्रमितहरुलाई आईसोलेसनमा राखिसकिएको र म्याग्दी जिल्लाका संक्रमितलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीका कुल संक्रमित मध्ये ९३८ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ