Gandak News
Our News Your Views

नवलपुर देवचुलीका ३ जनालाई कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १३०५ पुग्यो

पोखरा । नवलपुर जिल्लाको देवचुली नगरपालिकाका ३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको ४० वर्षिय एकजना महिला र वर्ष ३७, २४ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३०५ पुगेको छ ।

जनस्वास्थ्य प्रयोगशाला, हेटौडा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमितहरु थपिएका हुन ।

संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लगिसकिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १००४ पुगेको छ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको