५८औँ इन्जिनियर दिवसमा सिडेन गण्डकी प्रदेशको विविध कार्यक्रम

५८औँ इन्जिनियर दिवसमा सिडेन गण्डकी प्रदेशको विविध कार्यक्रम

CDEN Pokhara

पोखरा । सिडेन गण्डकी प्रदेशले ५८औं इन्जिनियर दिवसको अवसरमा विभिन्न कार्यक्रम कार्यक्रम गरेको छ ।

गतवर्ष जस्तै यसवर्ष पनि सामाजिक उतरदायित्व बहन गर्दै सामुदायिक प्राथमिक विद्यालय र मन्दिरमा सिडेन गण्डकीले रंग तथा सरसफाई सामग्री वितरण गरेको छ ।

पोखरा-१६ ना रहेको चण्डिका प्राथमिक विद्यालय र पोखरा-३१ पचभैयामा रहेको गोरखनाथ मन्दिरमा उक्त सामग्री वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य कुमार खड्का रहेका थिए ।

कार्यक्रममा सिडेन गण्डकी प्रदेशका सभापति सुरेन्द्र पाण्डे, सचिव सन्तोष जि सि, कोषाध्यक्ष अबित केसि, नेपाल इन्जिनियरिङ एसोसिएसन पोखरा च्याप्टरका पुर्वअध्यक्ष बृजेन्द्र के सि, रमेश बास्तोला, राजेश भट्टराई र कार्यसमितिका सदस्य लगाएतको उपस्थित रहेको थियो ।

ईन्जिनियर दिवसको शुभकामना व्यक्त गर्दै ईन्जिनियरिङ पेशाको मर्यादा कायम राख्दै आफूसँग रहेको ज्ञान सीपको सहि सदुपयोग गर्न सभापति सुरेन्द्र पाण्डेले अनुरोध गरेका थिए ।

त्यस्तै आगामी दिनमा पनि समाजका हरेक सामाजिक काममा पनि सिडेन गण्डकि प्रदेश लाग्न तयार रहेको उनलेे बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ