पोखरा । गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १२ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३१७ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको पीसीआर परिक्षणमा तनहुँका २ जना, स्याङ्जाका १ जना, लमजुङका १ जना र कास्कीका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना र भानु नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै लमजुङको सुन्दरबजार नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यस्तै कास्कीको पोखरा महानगरपालिका ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकीका कुल संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।
यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह