पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो, आवतजावत ठप्प

पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो, आवतजावत ठप्प

dhading

काठमाडौं- अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ खण्डका आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको छ। धादिङ जिल्ला रोराङ गाउँपालिका मौवा खोलामा आएको बाढीले पुलछेउको जमिनको भागमा भत्काउँदा आवतजावत ठप्प भएको छ।

अविरल वर्षा र बाढीका राजमार्गको धादिङ खण्डमा मात्र ६ स्थानमा क्षति पुगेको छ । धादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुलभन्दा अगाडिको भाग पुरै बगाएर खाल्डो पारेको छ।

बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको हो। सो स्थानको निरीक्षणका लागि सेना र प्रहरीको टोली प्रस्थान गरेपनि ठाउँठाउँमा बाटो बन्द भएका कारण जान नसकेर फर्किएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ