भदौ १ बाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु गर्ने

भदौ १ बाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु गर्ने

aeroplane

सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

आन्तरिक उडानका लागि सम्पूर्ण प्रोटोकल पर्यटन मन्त्रालयले मिलाउने गरी यो निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले जानकारी दिए । कोभिड–१९ को संक्रमण पछि बन्द रहेको व्यवसायिक उडान शुरु गर्न पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० मा प्रस्ताव पेश गरको थियो ।

मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तरराष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा मनित्रपरिषद् बैठकले भाद्र १ बाटै दुवै क्षेत्रको उडान शुरु गर्ने निर्णय गरेको हो ।

त्यस्तै मनित्रपरिषद् बैठकले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय पनि गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय साउन ७ गते सकिदैछ ।

गतवर्ष चैत्र ११ गतेबाट शुरु भएको लकडाउनलाई सरकारले समय समयमा परिमार्जन गर्दै ल्याएको छ । यस अघि जिल्ला भित्र मात्र चल्ने गरी यातायात खोल्ने निर्णय भएकोमा यो पटक अन्य क्षेत्रपनि विस्तारै खोल्दै जाने गरी सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ