गोरखाका थप ३ जनामा काेराेना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १३२० पुग्यो

गोरखाका थप ३ जनामा काेराेना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १३२० पुग्यो

corona

गोरखा । गोरखामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भीमसेन गाउँपालिका, शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितलाई आइसोलेसनमा राखिसकिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

योसंगै गोरखामा संक्रमितकाे संख्या १ सय ५ पुगेकाे छ भने एक जनाकाे मृत्यु भइसकेकाे छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २० जना पुगेको छ ।

गण्डकीका संक्रमितमध्ये १ हजार १८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ