गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशमा मंगलबार फेरि १६ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार थपिएका १६ जना मध्ये ७ जना स्याङजाको पुतलीबजारका रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन् ।
यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन् ।
मंगलबार बिहानै मात्रै गण्डकीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या १३४५ पुगेको छ ।
सम्बन्धित खबर
श्रष्टा नरहरि भट्टराईको उपन्यास ‘शान्ति’ लोकार्पण
पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, पोखरा महानगरको कार्यशाला
वार्षिक १५ खर्ब बराबरको घरजग्गा कारोबार हुने गरेकोमा अहिले घट्यो
पोखरामा सडक दौड: तेञ्जेन र कविता प्रथम
खर्च अभावले छट्पटाउँदै पर्वतका समुन्द्र
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग