लमजुङको पल्लोटारी गाउँ माथिबाट पहिरो खस्यो, गाउँका सबै घरमा क्षति, १८ घर पुरिए (भिडियो)

लमजुङको पल्लोटारी गाउँ माथिबाट पहिरो खस्यो, गाउँका सबै घरमा क्षति, १८ घर पुरिए (भिडियो)

Lamjung

लमजुङ । मर्स्याङ्दी गाउँपालिका वडा नं. ३, तरापु पल्लोटारी गाउँ पहिरोले गर्दा विस्थापित भएको छ । आज बिहान पौने १० बजे गाउँ माथिको डाँडाबाट पहिरो खस्दा ७० भन्दा बढी घर रहेको सो गाउँमा ठूलो क्षति पुगेको हो । १८ घर पुरै पहिरोले पुरेको तर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

मंगलबारदेखि नै पहिरो खस्न थालेपछि कुनातिरका २१ घरपरिवार नजिकैको विद्यालय भवनमा सरेका थिए । मंगलबार केही घरमा क्षति पुगेको थियो भने आज सबै गाउँ नै उठिबास लगाएको छ । उज्यालोको समयमा पहिरो खसेकाले पनि मानवीय क्षति हुन पाएन । यद्यपी, पहिरोले प्रभावित गरेको घरबाट सामान झिक्दै गरेका चार जना पहिरो आएपछि भाग्ने क्रममा लडेर घाइते हुन पुगेका छन् ।

पल्लोगाउँ सेग्लेका स्थानीयले खिचेको भिडियो हेर्दा निकै ठूलो पहिरो आएको देख्न सकिन्छ । सेग्लेका स्थानीय समेत उद्धारमा जुटेका छन् ।

https://www.facebook.com/gandaknews/videos/3805408952832089/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ