सुनचाँदीको मूल्य बढ्ने क्रम निरन्तर, हालसम्मकै उच्च विन्दुमा

सुनचाँदीको मूल्य बढ्ने क्रम निरन्तर, हालसम्मकै उच्च विन्दुमा

sun

काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढ्ने क्रम निरन्तर रहेको छ । सुनको मूल्य शुक्रवार पनि प्रतितोला रू.१ हजार ३०० ले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रू.९५ हजार ८०० रहेको बताएको छ ।तेजाबी सुनको मूल्य पनि प्रतितोला रू.९५ हजार ३६५ मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला रू.५०० ले बढेर रू.९४ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै, शुक्रवपार चाँदीको मूल्य भने प्रतितोला रू. ५ ले बढेर रू.१ हजार १५० मा कारोबार भइरहेको छ । विश्व व्यापी रुपमा कोरोना महामारीको त्रासले सुनमा लगानी गर्दा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताहरु आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको सुन व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ