रुपन्देहीमा करेन्ट लागेर १ महिलाको मृत्यु

रुपन्देहीमा करेन्ट लागेर १ महिलाको मृत्यु

current

रुपन्देहीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउंपालिका ६ बेथरीकी ४० वर्षीया इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रदेश ५ प्रहरी कार्यालयकाले जनाएको छ ।

त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउंपालिका–५ स्थित नारायणी नदीमा डुकेर एक पुरुष वेपत्ता भएका छन् । नारायणी नदीको ३ नं।ठोक्करमा दाउरा तान्ने क्रममा चिप्लिएर सुस्ता रामनगरका ५५ वर्षीय राधेश्याम कोइरी वेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ