लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्डसद्वारा रक्तदान: ५२ पिन्ट रगत संकलन

लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्डसद्वारा रक्तदान: ५२ पिन्ट रगत संकलन

Blood donation1 pkr

पोखरा । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्डसको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको क्लबका रिजन चियर पर्सन मोहन सुवेदिले जानकारि दिए ।

डिस्ट्रिक गभर्नर मन बहादुर रोकाले क्लब अध्यक्ष अन्जु नेपालिलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा चिफ एडभाईजर विनोद ढुङ्गाना, डिपार्टमेन्ट चिफ बालाकृष्ण शर्मा, क्लस्टर प्रमुख चन्द्र अधिकारि, जोन चियर पर्सन विष्णु बराल, जोन चियर पर्सन अमृत बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अन्जु नेपालिको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष दुर्गा सुनारले स्वागत मन्तव्य तथा कार्यक्रमको संचालन क्लबका सचिव विनोद सुनारले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ