गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको पहिराले थुनिएको नौलीखोलामा पानी बग्न थालेको छ । पहिरोले नौलीखोला थुनिएपछि ठूलो ताल बनेको थियो ।
शुक्रबार राति पहिरो खसेर ताल बनेको बुढीगण्डकी नदीको सहायक नदीको रुपमा रहेको नौलीखोलामा शनिबार दिउँसोदेखि पानी बग्न थालेको प्रहरीले जनाएको छ ।
थुनिएर ताल बनेको नौलीखोलामा जमेको पानी बिस्तारै बग्न थालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
एसपी गुरुङले भने, ‘पानी बग्न थालेपछि जोखिम घटेको छ । अहिले माटो खोतल्दै खोला बग्न थालेको छ ।’ अनुमानित ५० मिटर लम्बाई र २४ मिटर चौडाईको ताल बनेको एसपी गुरुङको भनाइ थियो ।
नौलीखोला थुनिएपछि लापुस्थित आसपासका स्थानीय त्रसित बनेका थिए । लापुस्थित मापुडाँडामा आएको पहिरोसँगै बगेको ठूला ढुंगाले नौलीखोला थुनिएको थियो ।
नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १५ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो ।
त्यहाँको अवस्था बुझ्न माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । खोला थुनिएपछि स्थानीयलाई सजग रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी