कास्कीको रुपा गाउँपालिकामा १ सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

कास्कीको रुपा गाउँपालिकामा १ सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

Corona Update1

पोखरा । गण्डकी प्रदेशका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ ।

कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित गरि कुल ११ संक्रमित थपिएका हुन् । कास्कीको रुपा गाउँपालिकामा एक पुरुष र गोरखाको पालुङटार र भीमसेनमा एक, एक जना गरि २ पुरषमा कोरोना पुष्टि भएको छ ।

नवलपुरको मध्यविन्दुमा ६ पुरुष, विनेयीत्रिवेणी र कावासोतीमा एक, एक जना गरि ८ पुरुष संक्रमित थपिएका छन् ।

संक्रमित एघार जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो । अहिले ११ जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds