लियो क्लब अफ तनहुँद्वारा रक्तदान: २१ पिन्ट रगत संकलन

लियो क्लब अफ तनहुँद्वारा रक्तदान: २१ पिन्ट रगत संकलन

Leo Tanahun BD 1

तनहुँ । लियो क्लब अफ तनहुँद्वारा आयोजित कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ ।

“दानमा दान महादान रक्तदान “, ” रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष प्रवेश पोख्रेलले जानकारी दिए ।

उक्त कार्यक्रममावलायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ तनहुँ दमौली, लायन्स क्लब अफ तनहुँ सत्यवती, लायन्स क्लब अफ तनहुँ व्याससिटि, लायन्स क्लब अफ तनहुँ भानुभक्त, लियो क्लब अफ तनहुँ सत्यवती र लियो क्लब तनहुँ निर्मल अल्फको सह-आयोजक रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि व्यास-२ का वडाअध्यक्ष काशीराम श्रेष्ठ रहेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा रक्तसंचार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ