किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको पक्कि सडकको मर्मत कार्य जारी रहेको छ ।
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली-डुम्रे सडक खण्ड नाहालामा सडक भासिएपछि गत एक हप्तादेखि राजमार्गको यात्रा असहज बनेको छ ।
उक्त स्थानमा करिब १० मिटर बढि भाँसिएको सडक हिजो शनिबार राति करिब ११:३० बजेबाट एकतर्फि सडक सुचारु गरिएको छ ।
अविरल वर्षाका कारण सडक भाँसिएपछि गत मंगलबारदेखि अवरुद्ध उक्त सडक खण्ड शुक्रबारदेखि पूर्णरुपमा बन्द गरिएको थियो ।
डाइभर्सनमा ठूला सवारी साधान फस्न थालेपछि शुक्रबारदेखि राजमार्ग नै पूर्णपमा बन्द गरी सडक निर्माण कार्य अगाडि बढाइएको डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर सचिन श्रेष्ठले बताए ।
‘भाँसिएको सडकखण्डमा ग्याविङ्गजालि भरेर अस्थायी रुपमा सडक निर्माण गर्ने कार्य तीब्र पारेका छौ ।’ श्रेष्ठले भने ‘आज साँझसम्म सडक पूर्णरुपमा सुचारु हुन्छ ।’
सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
‘मूलको पानि कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।’ अहिले तत्कालका लागि होला तर दिर्घकालिन समाधान भने नभएको वडाअध्यक्ष पोख्रेलले बताए ।
हिजो शनिबार रातिदेखि एकतर्फी खुलेको र सवारी पास भईरहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए ।
उक्त सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले मर्मतको काम गरिरहेका छन ।
यो पनि :
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’