तनहुँको नाहालामा अवरुद्ध सडक एकतर्फि खुल्यो, साँझसम्म पृथ्वीराजमार्ग पुर्ण सुचारु हुने (अपडेट)

तनहुँको नाहालामा अवरुद्ध सडक एकतर्फि खुल्यो, साँझसम्म पृथ्वीराजमार्ग पुर्ण सुचारु हुने (अपडेट)

Nahal Diversion

किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको पक्कि सडकको मर्मत कार्य जारी रहेको छ ।

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली-डुम्रे सडक खण्ड नाहालामा सडक भासिएपछि गत एक हप्तादेखि राजमार्गको यात्रा असहज बनेको छ ।

उक्त स्थानमा करिब १० मिटर बढि भाँसिएको सडक हिजो शनिबार राति करिब ११:३० बजेबाट एकतर्फि सडक सुचारु गरिएको छ ।

अविरल वर्षाका कारण सडक भाँसिएपछि गत मंगलबारदेखि अवरुद्ध उक्त सडक खण्ड शुक्रबारदेखि पूर्णरुपमा बन्द गरिएको थियो ।

डाइभर्सनमा ठूला सवारी साधान फस्न थालेपछि शुक्रबारदेखि राजमार्ग नै पूर्णपमा बन्द गरी सडक निर्माण कार्य अगाडि बढाइएको डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर सचिन श्रेष्ठले बताए ।

‘भाँसिएको सडकखण्डमा ग्याविङ्गजालि भरेर अस्थायी रुपमा सडक निर्माण गर्ने कार्य तीब्र पारेका छौ ।’ श्रेष्ठले भने ‘आज साँझसम्म सडक पूर्णरुपमा सुचारु हुन्छ ।’

सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

‘मूलको पानि कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।’ अहिले तत्कालका लागि होला तर दिर्घकालिन समाधान भने नभएको वडाअध्यक्ष पोख्रेलले बताए ।

हिजो शनिबार रातिदेखि एकतर्फी खुलेको र सवारी पास भईरहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए ।

उक्त सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले मर्मतको काम गरिरहेका छन ।

यो पनि :

तनहुँको नाहालामा भासिएको सडकको मर्मत जारी: ह्युम पाइप राख्नुपर्ने ठाउँमा प्लाष्टिकको पाइप !

तनहुँको नाहालामा भासिएको सडक मर्मत हुँदै: एम्बुलेन्स बाहेक अन्य सवारी पास नहुने

तनहुँको नाहालामा बनाइएको डाईभर्सनमा मालवाहक ट्रक फस्यो: पृथ्वी राजमार्ग फेरी अवरुद्ध (फोटो/भिडियो सहित)

तनहुँको नाहालामा डाईभर्सन बनाएर अवरुद्ध पृथ्वी राजमार्गको एकतर्फी बाटो खुलाइयो (अपडेट)

तनहुँको नाहालामा पक्की सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध: मर्मत हुँदै, सुचारु हुन १ घण्टा लाग्ने

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ