आशिष पुरी । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको छ । विमानस्थल १० जुलाई २०२१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । कोरोना महामारी आउनुअघिसम्म ६ महिना अघि नै काम सम्पन्न गरिसक्ने बताउँदै आएको निर्माण पक्ष कोरोना कहरले भने काम सोचेनुरुप अघि बढ्न सकेन ।
कोभिड-१९ का कारण सरकारले देशैभरी लकडाउन गरेपछि निर्माण सामाग्री ढुवानीमा परेको समस्या, मजदुर एवं प्राबिधिकहरुको अभावले निर्माणको काम सुस्त भएको थियो । तर, लकडाउन खुलेपछि भने काम धमाधम भइरहेको छ ।
लकडाउनका कारण केहि समस्या आएपनि समयमै सक्ने गरी काम भैरहेको पोखरा क्षेत्रीय विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टयाक्सी-वे र एप्रोन निर्माणसहित कन्ट्रोल टावर भवनको स्टिल स्ट्रक्चरको काम सम्पन्न भएको छ । विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवनको अधिकाशं काम सम्पन्न भएर फिनिसिङको चरणमा छ भने विमानस्थलको हालसम्म समग्रमा ६२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।
अहिले निर्माणस्थलको ह्याङ्गर भवन लगाएत मुख्य टर्मिनल भवनको छतमा ट्रस्ट राख्ने काम सकेर विद्युत जडान गर्ने सहित फिनिसिङ्गको काम भैरहेको आयोजनाले जनाएको छ ।






सम्बन्धित खबर
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
पोखरा १५ को चौथो बृहत् खेलकुद महोत्सव सम्पन्न, फुटबलमा सानिमजुवा बन्यो च्याम्पियन
आजदेखि टाइगर कप भलिबल, दुई विदेशीसहित ११ टोली सहभागी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो