पोखराको नयाँबजार स्थित गण्डकी मेडिकल कलेज (जिएमसी) की नर्सलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोमबार गण्डकी स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेखित ३० वर्षीया महिला जिएमसीकी नर्स हुन् ।
उनको स्थायी ठेगाना स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ रहेको श्रोतले जनाएको छ । उनी कोरोनाबाट मृत्यु भएका ५८ वर्षीय पुरुषकी छोरी हुन् । मृतकका श्रीमती र छोरी दुवैलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कोरोना डेडिकेटेड हस्पिटलमा उपचार गराएकी थिइन् । आमा छोरी पोखरामै बस्दै आएका थिए ।
अस्पतालकी मेसु डा. टुमाया घलेका अनुसार उनमा दोस्रो पटक कोरोना देखिएको हो । बुबाको निधनपछि नै अस्पताल नआएकीले अस्पतालमा कुनै जोखिम नरहेको उनको भनाई छ ।
निको भएकालाई पुनः कोरोना संक्रमण हुनु भनेको विरलै देखिने घटना हो । नेपालमा पनि यस्ता केसहरुबारे सरकारले स्पष्ट रुपमा जानकारी गराएको छैन ।
कोरोनाको पुनः संक्रमण हालसम्म कमै मानिसहरुमा मात्रै देखिएको छ । कोरोना संक्रमित निको भएपछि फेरि संक्रमण हुन्छ कि हुँदैन भन्ने बारेमा ‘प्रष्ट रुपमा प्रमाण नभएको’ चिकित्सकहरु बताउँछन् । न्यूज एजेन्सीहरुका अनुसार अध्ययन अनुसन्धानको पाटोलाई फराकिलो बनाएपछि मात्रै यो संक्रमण दोहोरिएर देखापर्ने वा नपर्ने बारेमा थाहा हुनेछ । त्यसो त संक्रमित निको भइसकेपछि ‘शरीरमा नोबेल कोरोनाभाइरस बाँकी नै रहे पनि त्यो कमजोर अवस्थामा रहने र हत्तपत्त अन्य व्यक्तिलाई सरिनहाल्ने’ चिकित्सकहरुको ठम्याई छ ।
नोबेल कोरोनाभाइरसको बारेमा अझै पूर्ण रुपमा अध्ययन अनुसन्धानहरु भइनसकेकोले यसबारेमा यसै भन्न नसकिने विज्ञहरुको कथन छ । विश्व स्वास्थ्य संगठनले पनि यस भाइरसको संक्रमणमा परेकाहरुमा इम्युनिटी पैदा भइहाल्यो भनेर ढुक्क हुन नहुने चेतावनी पहिल्यै नै दिइसकेको छ । कतिपय विज्ञहरुको भनाइमा चाहिँ एक पटक संक्रमण भएर निको भइसकेकाहरुमा पुनः संक्रमण देखापर्नुको अर्थ उनीहरुलाई फेरि संक्रमण भएको नभई पहिलैको संक्रमण पुनः देखापरेको हुन सक्ने अनुमान केही वैज्ञानिकहरुले गर्दै आएका छन् ।
आज नै पोखरा फूलबारी स्थित मनिपाल शिक्षण अस्पतालका डाक्टरमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सोमबार बिहानको तथ्यांक अनुसार पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २९ वर्षीय पुरुष मनिपालका डाक्टर थिए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’