राखेप सदस्य सचिवमा सिलवाल पुनः नियुक्त, उपाध्यक्षमा कोइराला

राखेप सदस्य सचिवमा सिलवाल पुनः नियुक्त, उपाध्यक्षमा कोइराला

Ramesh Silwal

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुन: नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई नियुक्त गरेको हो । गत वर्ष असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका शिव कोइराला राखेप उपाध्यक्षमा नियुक्त भएका छन् । पहिलो पटक मन्त्री परिषदबाट नियुक्त भएका उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको पदावधि ४ वर्षको रहनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका छन् ।

नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएको थियो । नयाँ ऐन अनुसार विगतमा सदस्य सचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ । त्यस्तै ३७ जनाको राखेप बोर्ड रहनेछ ।नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । ५ वटा मापदण्ड पुरा गरेका २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds