गोर्खा वेलफेयरद्वारा व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्री

गोर्खा वेलफेयरद्वारा व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्री

Gorkha Welfair Vyas Mun Health

तनहुँ । विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलिन नदिन गोर्खा वेलफेयर ट्रस्टद्वारा व्यास नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरीएको छ ।

ट्रस्टले पि.पि.ई सेट २५ थान, फेस सिल्ड २५ थान, के.एन ९५ मास्क ७५ थान, सर्जिकल मास्क १ हजार ५ सय थान, ह्याण्ड वासींङ लिक्वीड ५० वोतल,पन्जा १ हजार ५ सय जोर हस्तान्तरण गरेको छ ।

यसैगरी स्यानिटाईजर ५ सय एम.एलका ९० वोत्तल, गम बुट ४० जोर, स्यानिटरी प्याड ४ प्याकेट, पर्सनल हाईजिन किट ५० सेट, हार्पिक २० बोत्तल, ट्वाईलेट ब्रस २० वटा, ह्याण्ड वास सेट १ थान उपलब्ध गराएको छ ।

उक्त सामाग्रीहरु गोर्खा वेलफेयर ट्रस्टका तर्फबाट एसिस्टेन्ट वेलफेयर अफिसर प्रविन थापाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ