तनहुँ । तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको सडकको मर्मत सम्पन्न भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
अविरल परेको वर्षासँगै गत साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
डिभिजन सडक कार्यालयले शनिबारदेखि सडक मर्मतको काम थालेको थियो । उक्त सडकखण्ड गत शनिबार रातिदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।

सडक भासिएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग बनाइएपनि सवारी साधन फस्न थालेका थिए ।
वैकल्पिक मार्गमै पटकपटक सवारी साधन फस्न थालेपछि शनिबार बिहानैदेखि राजमार्ग उक्त भासिएको खण्ड पुर्ण बन्द गरेर मर्मत शुरु गरिएको थियो ।
काम त सकियो तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

मूलको पानि कटाउन राखिएको प्लास्टिकको कालो पाइप । तस्बिर : भानुभक्त पोख्रेल
‘मूलको पानि कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।’ अहिले तत्कालका लागि होला तर दिर्घकालिन समाधान भने नभएको वडाअध्यक्ष पोख्रेलले बताए ।
यो पनि :
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’