तनहुँ । तनहुँको व्यास नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई विभिन्न ट्राफिक संकेतका सामाग्री प्रदान गरेको छ । जस अन्तरगत १५ थान रिफ्लेक्टीभ बोर्ड र २० थान फ्लेक्स वोर्ड रहेको छ ।
बजार क्षेत्र तथा राजमार्गको सवारी व्यवस्थापनलाई मद्दत पुर्याउने उद्धेश्यले ति सामाग्रीहरु प्रदान गरिएको व्यास नगरपालिकाले जनाएको छ ।
उक्त सामाग्रीहरु प्रदान गर्नुहुदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शहरी क्षेत्रलाई व्यवस्थित गर्ने कार्यमा व्यास नगरपालिका सकृय रुपमा लागिरहेको बताए । उनले थपे ‘सफासडक, गणेशमान चोक लगायतका स्थानमा पार्किङ, सवारी व्यवस्थापनका लागि छलफल गरेर अगाडि बढ्नेछौ ।

कानुनको शासन कायम गर्नुपर्ने तर्फ कुनै कसर बाकिं नराख्ने गरी ट्राफिक व्यवस्थापनमा देखीएका समस्यालाई समाधान गर्न नगरपालिकाले क्रमश काम गर्दै जाने नगरप्रमुख न्यौपानेले बताए ।
कार्यक्रममा प्रहरी उपरिक्षक अरुण पौडेलले ट्राफिक व्यवस्थापन संवेदनशिल विषय भएकाले स्थानिय तहहरुबाट यस्को समाधानमा गरिएको सहयोग राम्रो रहेको बताए ।
नगरपालिकाले गर्ने विकास निर्माणमा सुरक्षा कायम गर्ने सबालमा प्रहरी सधै साथमा रहने प्रहरी उपरीक्षक पौडेलको भनाई थियो ।
ट्राफिक क्षेत्रका समस्याका विषयमा कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी गराएका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’