स्याङ्जामा २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित

स्याङ्जामा २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित

Corona update 4

पोखरा । गण्डकी प्रदेशमा थपिए आज थप ३१ जना कोरोना संक्रमित भेटिएका छन् । नयाँ थपिने मध्ये गण्डकी प्रदेशका दुई जिल्लाका रहेका छन । स्याङ्जाका २५ जना र बाग्लुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्गजाको अर्जुनचौपारी गाउँपालिकाका ४ जना, वालिङ नगरपालिकाका १ जना र पुतलीबजार नगरपालिका २० जना जसमा २ जना महिला र बाँकी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाग्लुङको निसीखोला गाउँपालिकाका ५ जना र बरेंङ गाउँपालिकाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशानालय गण्डकीले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४३० पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा उनिहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आज थपिएका सबै संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भईरहेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ