गोरखाः खेतमा लडेपछि जिस्काउँदा विवाद, १७ वर्षे किशोरले गरे ७२ वर्षीया बृद्धाको हत्या

गोरखाः खेतमा लडेपछि जिस्काउँदा विवाद, १७ वर्षे किशोरले गरे ७२ वर्षीया बृद्धाको हत्या

Hatyaa

सांकेतिक तस्विर

गोरखामा ७२ वर्षीया महिलाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन् । सहिद लखन गाउँपालिका–३ हटियाकी कृष्णकुमारी आले बिहीबार बिहान खेतमा पानी लगाउन गएकी र उनी घर नफर्किएपछि खोजी गर्दा टाउकोमा चोट लागेको र स्याउलाले छोपिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले घटनाको३ दिनपछि स्थानिय ती किशोरलाई पक्राउ गरेको हो । उनले हत्यामा संलग्नता स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रहरीले किशोरको बयान उद्धृत गर्दै जनाएअनुसार स्थानीय खाल्टेपानी धारामा पुगेकी महिला लडेपछि किशोर हाँसेको र त्यही क्रममा भनाभन भएको थियो । त्यही रिसमा किशोरले महिलालाई ढुंगाले हानेर हत्या गरी शव स्याउलाले छोपेर भागेका थिए । उनलाई आइतबार मनकामना वनौतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ